धनकुटा — धनकुटाको साँगुरीगढी–६, भेडेटार चोकबाट प्रहरीले ५१ किलो गाँजा सहित दुई जना पक्राउ परेका छन् ।
तेह्रथुमबाट इटहरीतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ४४८० नम्बरको यात्रुबाहक इभी गाडीलाई जाँच गर्दा छतमा राखिएको जेब्रा झोला र दुई वटा बोरामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
गाडीमा सवार शहीदभूमि गाउँपालिका–७ बस्ने २६ वर्षीया लक्ष्मी राईलाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।
गाडी चालक तेह्रथुमको म्याङ्गलुङ्ग नगरपालिका–७, बस्ने ३७ वर्षीय प्रकाश गुरुङसमेत अनुसन्धानको लागि नियन्त्रणमा लिइएको उनले बताए ।
