दशकपछि तरुण दलको अधिवेशन सुरु, फाल्गुनन्द गाउँपालिका अध्यक्षमा घिमिरे

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

After a decade, Tarun Dal session started, Falgunand Ghimire became the chairman of rural municipality

पाँचथर — नेपाली कांग्रेस युवाहरूको संगठित संस्था नेपाल तरुण दलले एक झन्डै एक दशकपछि वडा र पालिका अधिवेशन सुरु गरेको छ । पाँचथर जिल्लाका ८ वटा स्थानीय तहमा रहेका ६० मध्ये ४० भन्दा धेरै वडाको वडा अधिवेशन सम्पन्न गरेको तरुण दलले सोमबार फाल्गुनन्दको पालिका अधिवेशन पनि सम्पन्न गरेको छ ।

अधिवेशनबाट तरुण दल फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा गोपाल घिमिरे अध्यक्ष रहेको २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 

समितिका उपाध्यक्षहरूमा अइन्द्र फुयाल र अर्चना नेम्वाङ, सचिवमा रोशन रिजाल र दिपेन्द्र नेम्वाङ, सहसचिवमा देउकुमार आङदेम्वे र सेसेहाङ चेम्जोङ तथा कोषाध्यक्षमा अमर नेम्वाङ चयन भएका छन् । 

यस्तै, ९ जना जिल्ला प्रतिनिधिका चयन भएको तरुण दल पाँचथरले जनाएको छ ।

अधिवेशनको उद्घाटन प्रमुख अतिथिको आसनबाट नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदेम्वेले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ्देम्बेले लामो समयसम्म महाधिवेशन नहुँदा तरुण दलसहित कांग्रेसका भ्रातृ र भगिनी संगठनमा नेतृत्व जाम भइरहेको भन्दै अब सबै संगठनको अधिवेशन गर्न पार्टी नेतृत्व तयार रहनुपर्ने टिप्पणी गरे ।

अधिवेशनमा कांग्रेसका जिल्ला सभापति रुपनारायण जवेगू, निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ सहित कांग्रेस नेतासँगै भ्रातृ र शुभेच्छुक संगठनका अध्यक्ष र प्रतिनिधिहरूले सम्बोधन गरेका थिए ।

कान्तिपुर

Link copied successfully