उदयपुर — मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीमा विद्युतीय सवारी (हायस) दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
काठमाडौंबाट गाईघाट आउँदै गरेको प्रदेश १–०५–००१–ज ००५८ नम्बरको हायस आइतबार दिउँसो ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रौतामाई गाउँपालिका–७ की ४५ वर्षीया पुष्पा खड्का गम्भीर घाइते भएकी छिन् ।
उनलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपश्चात् न्यूरो अस्पताल विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक हरिहरनाथ योगीले बताए ।
