सभाखोलामा बाढी : यातायात, विद्युत् र सञ्चार सेवा अवरुद्ध

जेष्ठ ३, २०८२

दीपेन्द्र शाक्य

Flooding in the assembly hall: disruption of transport, electricity and communication services

संखुवासभा — संखुवासभाको सभापोखरी गाउँपालिका–४ मा बिहीबार राति आएको बाढीपहिरोले यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ ।

सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंका अनुसार वर्षासँगै आएको बाढीपहिरोका कारण सभापोखरी गाउँपालिका–३, ४ र ६ लगायतका वडामा यातायात, विद्युत् र टेलिफोन अवरुद्ध भएको छ।  बाढीपहिरोले विभिन्न वडाका सडक र विद्युत् पोल बगाएको छ । बाढीले पोल बगाएपछि त्यस क्षेत्रमा शुक्रवारबाटै सबै सेवा अवरुद्ध भएको उनले बताइन् ।

बाढीले सभापोखरी गाउँपालिका–४ मा निर्माणाधीन २१ मेगावाटको सभापोखरी हाइड्रोपावरमा समेत क्षति पुगेको छ । बाढी सभापोखरी हाइड्रोपावरको निर्माण सामग्री बगाएको छ । बाढीपहिरोले सभापोखरीका विभिन्न वडामा आधा दर्जन घर विस्थापित भएका छन् । बाढीबाट विस्थापित र क्षति विवरण गाउँपालिकाले संकलन थालेको उनले बताइन् ।

दीपेन्द्र शाक्य

Link copied successfully