धनकुटा — धनकुटा नगरपालिका-९ मूलघाटस्थित कोशी लोकमार्गमा साप्टिङटारबाट धरानतर्फ जाँदै गरेका एक व्यक्तिबाट २८ केजी गाँजा बरामद भएकाे छ।
पैदलयात्रामा रहेका धनकुटा-९ का ५१ वर्षीय राजु राईकाे साथबाट बिहीबार अपरान्ह उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
तमोर नदीको पुलमा गाडी कुरिरहेको अवस्थामा प्रहरी चौकी मूलघाटबाट खटिएको गस्ती टोलीले शंका लागि जाँच गर्दा उल्लेखित परिमाणमा गाँजा फेला परेकोले जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । राईलाई गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको खनालले बताए।
