साइबरक्राइम कसुरमा एक पक्राउ

जेष्ठ १, २०८२

दीपेन्द्र शाक्य

One arrested for cybercrime offence

संखुवासभा — टिकटकमा अश्लिल फोटो, भिडियो पोस्ट गरी विद्युतीय अपराध गरेको आरोपमा सुनसरी हरिनगरा गाउँपालिका-१ का २५ वर्षीय जुबेर आलम मियाँ पक्राउ परेका छन् । उनले वैशाख २५ गते संखुवासभाकी एक युवतीको टिकटकमा अश्लिल फोटो र भिडियो पोस्ट गरेका थिए ।

ती युवतीले प्रहरी कार्यालय संखुवासभामा वैशाख २९मा उजुरी दिएकी थिइन् । आलमलाई इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीसँगको समन्वयमा पक्राउ गरिएको संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले बताए । 

सुनसरी ईटहरी उपमहानगरपालिका- ६ मा फेला पारी नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका मियाँलाई थप अनुसन्धानका लागि बिहीबार संखुवासभा जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।

दीपेन्द्र शाक्य

Link copied successfully