चट्याङले संखुवासभामा एकजनाको मृत्यु

वैशाख ३१, २०८२

दीपेन्द्र शाक्य

One person died in Sankhuwasabha due to lightning

संखुवासभा — संखुवासभा चैनपुर नगरपालिका-८ मानेडाँडामा चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको छ ।

स्थानीय लोकबहादुर तामाङको घरमा बसिरहेको अवस्थामा पानीसँगै अचानक परेको चट्याङ लागेर घाइते भएकी निर्मलाको उपचारका क्रममा आधारभूत अस्पताल चैनपुरमा बुधबार साँझ मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका अन्य ३ जनाको अवस्था सामान्य रहेको निमित्त प्रहरी प्रमुख अभिशेक श्रेष्ठले बताए ।

चट्याङले लागेर प्रतिक तामाङ, कल्पना तामाङ, रिजन तामाङ घाइते भएका छन् । अन्य घाइतेको आधारभूत अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

दीपेन्द्र

Link copied successfully