पहिरोले कञ्चनजंघा पुगेर फर्किएका १५ पर्यटक रोकिए

वैशाख ३०, २०८२

आनन्द गौतम

15 tourists returning from Kanchenjunga were stopped by the landslide

ताप्लेजुङ — सिरिजङ्गा गाउँपालिका-७ खेवाङको एकमना भञ्ज्याङमा गएको पहिरोले कञ्चनजंघा हिमाल गएर फर्कंदै गरेका पर्यटक रोकिएका छन् ।

मंगलबार बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । पहिरो झरेको क्षेत्रमा खानेबस्ने व्यवस्था नभएकाले स्थानीय प्रहरीले पर्यटक र गाइडलाई पिङडाँडा पठाएको छ । एक्स्काभेटर र मेसिन खोजेर बाटो खुलाउने प्रयास भइरहेको स्थानीय उमेश गौतमले जानकारी दिए ।15 tourists returning from Kanchenjunga were stopped by the landslide

उनका अनुसार वडा कार्यालय र प्रहरी हवल्दार धनराज तुम्बापोको नेतृत्वमा बाटो खुलाउने प्रयास भइरहेको छ । १५ विदेशी पर्यटकसहित ३०/३५ जनाको समूह बाटोमै रहेका छन् । पहिरोले याम्फुदिन र खेवाङ आउजाउ ठप्प बनाएको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully