धनकुटामा जीप दुर्घटना हुँदा आठ जना घाइते

वैशाख २९, २०८२

रमेशचन्द्र अधिकारी

Eight injured in jeep accident in Dhankuta

धनकुटा — साँगुरीगढी गाउँपालिका–३ कुसेटारस्थित तमोर करिडोर सडक खण्डमा आइतबार राति १० बजे जीप दुर्घटनामा आठ यात्रु घाइते भएका छन् ।

ताप्लेजुङबाट धनकुटातर्फ आउँदै गरेको मे १ ज २६५५ नम्बरको जीप अनियन्त्रीत भइ कल्भर्टबाट अन्दाजी १० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चितवन भरतपुर नगरपालिका–११ बस्ने ४५ वर्षीया नमकला फुयाल, ४७ वर्षीय जयेश्वर पोखरेल, ३८ वर्षीया इसु पँगेनी, २२ वर्षीया निकिता फुयाल रहेका छन् । यस्तै, जयेश्वराका छोरा १६ वर्षीय शिरिष पोखरेल, चितवनकै ४६ वर्षीया सावित्री अधिकारी, ५२ वर्षीय दिपचन्द्र घिमिरे, ४५ वर्षीय नवराज फुयाल रहेका छन् । 

घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully