श्रीमतीको कुटाइबाट घाइते भएकाको मृत्यु

वैशाख २८, २०८२

डम्बरसिं राई

Death of injured due to beating of wife

खोटाङ — श्रीमतीको कुटाइबाट घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले माथिल्लो चिचिंगाका ५१ पाँचकर्ण राईको मृत्यु भएको छ । शनिबार बिहान श्रीमती ५३ वर्षीया रेनुका राईको कुटाइबाट घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको हो । 

बिहान मकैबारी काम गरिरहेका बेला विवाद हुँदा कोदालोको पासोले प्रहार गरी घाइते भएका राईको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताए । घाइते राईलाई दुर्छिमस्थित नगर अस्पतालमा उपचार गर्न लैजाँदा सम्भव नभएपछि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो ।

रेनुकालाई शनिबार बिहानै पक्राउ गरिएको मिश्रले बताएका छन् । आइतबार पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान बढाइएको उनले बताएका छन् । 

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully