झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेत घरमै मृत फेला

वैशाख २६, २०८२

विराटनगर

Vinod Basnet, former president of Jhapa Gold Cup, was found dead at home

विराटनगर — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत घरमै मृत भेटिएका छन् । बिर्तामोड नगरपालिका–१ स्थित आफ्नै निवासमा बस्नेत झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

समाजसेवा, व्यवसाय र संस्थागत नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्दै आएका बस्नेत थुप्रै संघ–संस्थामा आवद्ध थिए । उनी झापा गोल्डकप आयोजक समितिका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, वीरता जेसिज र रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्षसमेत थिए ।

बस्नेत नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव, 'एकका लागि एक' अभियानका सहसंयोजक, समाज झापाका अध्यक्ष, र सयपत्री ट्रेड लिंकलगायत विभिन्न व्यवसायिक प्रतिष्ठानका सञ्चालकसमेत रहेका थिए ।

५२ वर्षे बस्नेतको मृत्यु घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विराटनगर

Link copied successfully