करेन्ट लागेर एक जनाको मृत्यु

वैशाख २४, २०८२

डम्बरसिं राई

One person died due to electrocution

खोटाङ — ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका ३९ वर्षीय विकाश राईको करेन्ट लागेर मृत्यु भएको छ। बारीमा रहेको बिजुलीको पोलमा फ्युज जोड्ने क्रममा मङ्गलबार बेलुकी करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार बेलुकी ७ बजेर २० मिनेट जादा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

बुधबार ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको मिश्रले जनाएका छन् । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully