सोलुखुम्बुमा कुटपिटबाट एक जनाको मृत्यु, एक जना पक्राउ

वैशाख २२, २०८२

भानुभक्त निरौला

One person killed, one arrested in Solukhumbu

सोलुखुम्बु — सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ३ स्थित थाप्रेमा कुटपिटका कारण एक जनाको ज्यान गएको छ । दाउराको विषयमा विवाद हुँदा छिमेकीको कुटाइबाट ५२ बर्षिय ङवाङ शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

घटनामा पिकेपोख बस्ने अन्दाजी ५२ वर्षीय ङवाङ शेर्पा र लिखुपिके गाउँपालिका–१ गोलीका अन्दाजी ४६ वर्षीय पेम्बा तामाङबीच सामान्य भनाभनबाट झगडा भएको थियो । झगडाका क्रममा भएको कुटपिट पछि ङवाङ शेर्पा आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र अस्थायी प्रहरी चौकी तामाखानीबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी फरार रहेका पेम्बा तामाङलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी द्वारिकाप्रसाद घिमिरेका अनुसार तामाङलाई सोलुखुम्बु जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।

भानुभक्त

Link copied successfully