पाँचथर — तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकूमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय सागर थिङ्लाबू रहेको इलाका प्रहरी कार्यालय संक्रान्तिका प्रहरी निरीक्षक दीपक गौतमले जानकारी दिए ।
थिङ्लाबूलाई सोमबार अपरान्ह साढे तीनबजे परेको चट्याङ लागेको थियो । आठराई-३ ह्वाकुमा माङहिम (मन्दिर)बनाउन खटिरहेका थिङ्लाबुलाई मेघगर्जनसहित चट्याङ लागेको थियो ।
चट्याङले लाग्दा घाइते भएका उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइ पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
