एकीकृत समाजवादीद्वारा जनजीविकासम्बन्धी १७ बुँदे मागसहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र

वैशाख २१, २०८२

कान्तिपुर संवाददाता

A memorandum to the Chief Minister with 17 points of demand related to people's livelihood by the United Samajwadi Party

विराटनगर — नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीले जनजीविकाका विविध सवालमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आइतबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई १७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार मुख्यमन्त्रीलाई भेटी ज्ञापनपत्र हस्तान्तरण गरेको हो । ज्ञापनपत्रमा तत्काल कार्यान्वयन गर्न सकिने विषयदेखि दीर्घकालीन योजना निर्माणमा समेत ध्यान दिन आग्रह गरिएको छ ।

मुख्यमन्त्री कार्कीले ज्ञापनपत्र बुझ्दै प्रदेश सरकारले सम्भव भएका माग तत्काल पूरा गर्ने र अन्य मागहरूलाई क्रमशः कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सहभागी पूर्वमुख्यमन्त्री तथा पार्टीका वरिष्ठ नेता राजेन्द्रकुमार राईले अहिलेको समय प्रदेश सरकारले नीति, कार्यक्रम र बजेट बनाउने संवेदनशील चरण भएकाले पार्टीका माग सम्बोधन गर्न उपयुक्त अवसर रहेको धारणा राखे । 

राईले सरकारसमक्ष प्रस्तुत मागहरू जनताको जीवनस्तरसाग प्रत्यक्ष जोडिएका विषयहरू भएकोले तिनको कार्यान्वयनमा गम्भीरता देखाउन आग्रह गरे । 

ज्ञापनपत्रमा संघीयताको कार्यान्वयन, कृषि र उद्योगको विकास, रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षा सुधार, सामाजिक न्याय, पर्यटकीय प्रवर्द्धन, समावेशी योजना निर्माण, पारदर्शिता, तथा स्थानीय सरकारसँग समन्वयजस्ता विषय समेटिएको छ । 

कान्तिपुर

Link copied successfully