पहिरोले अवरुद्ध मेची राजमार्ग दुई घन्टापछि खुल्यो

वैशाख १९, २०८२

आनन्द गौतम

Mechi highway blocked by landslides was reopened after two hours

ताप्लेजुङ — सुक्खा पहिरोका कारण अवरुद्ध मेची राजमार्गको खोक्सेखोला सडक खण्ड दुई घन्टापछि सञ्चालनमा आएको छ । फुङलिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारका अनुसार खोक्सेखोलाको वैशाखेमा बिहीबार राति पहिरो झरेको थियो ।

सडक डिभिजन कार्यालयको एक्स्काभेटर प्रयोग गरी सडक खोलिएको सुनुवारले बताए ।

यो स्थानमा यसअघि पनि पटक/पटक सडक अवरुद्ध हुँदै आएको छ । पहिरो पन्छाउन समय लाग्दा झापा, इलाम, सुनसरीबाट यात्रु लिएर आएका सयौं सवारी साधन जाममा परेका थिए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully