चट्याङले संखुवासभाको कालोपातालमा १७ भैँसी मरे

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

Lightning killed 17 buffaloes in Sankhuwasabha's Kalopatal

संखुवासभा — संखुवासभाको मकालु गाउँपालिका–३ कालोपातालमा हावाहुरीसँगै परेको चट्याङले १७ वटा भैँसी मरेको छ । स्थानीय पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीले पालेका भैँसी आइतबार परेको चट्याङ लागेर मरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार घटनास्थल हेउडाङ्ना प्रहरी चौकीबाट करिब ३५ किलोमिटर टाढा पर्छ । दुर्गम भएकाले घटनास्थलमा सोमबार बिहानै प्रहरी टोली खटाइएको छ । प्रहरी टोलीलाई घटनास्थल पुग्न कम्तीमा ६ घण्टा बढी लाग्ने बताइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully