चट्याङ लागेर आगलागी हुँदा एक घर जल्यो

वैशाख १५, २०८२

राकेश नेपाली

A house was gutted when a fire was struck by lightning

उदयपुर — वर्षासँगै परेको चट्याङका कारण उदयपुरको रौतामाई गाउँपालिका–५ ढुकुरचुङमा एक घर जलेर नष्ट भएको छ। शनिबार बिहान ४ बजेको समयमा परेको चट्याङले स्थानीय चक्रबहाददुर राईको घर जल्दा ५ लाख बराबरको क्षति भएको हो । 

हावाहुरीसंगै परेको चट्याङले राईको ढुङ्गामाटो र जस्तापाताले बनेको २ तले घरमा आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, काठपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी केदारमान दोङले बताए।

उनका अनुसार आगलागीबाट राईको घरसँगै रहेको बाख्राको खोर, सुंगुरको खोर र खोरमा रहेको १ वटा सुगुर समेत जलेर नष्ट भएको छ । घर जलेर नष्ट भएपछि बिहान ५ बजे आगो आफैँ नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully