धनकुटा — चौबीसे गाउँपालिका-५ बोधेबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा बरामद गरेको छ ।
उक्त परिमाणको गाँजा ट्रकमा लोड गरेर लैजान लागिएको अवस्थामा प्रहरीले सोमबार बिहान फेला पारेको जनाएको छ ।
ना ५ ख ६१५७ नम्बरको ट्रकमा लोड भएको अवस्थामा प्लास्टिकको बोरामा ३८ पोका गाँजा (९४६ केजी) फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।
प्रहरीले गाँजासहित स्थानीय ४३ वर्षीय मनोज लिम्बूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । फरार रहेका ट्रक चालकको खोजतलास भइरहेको जनाइएको छ ।
