किमाथांका (संखुवासभा) — संखुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैंसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जंगल लगिएका भैंसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।
उनका अनुसार मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका भैंसी मरेका हुन् ।घटनामा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली आज घटनास्थलतर्फ लागेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पदैल दुरीमा पर्छ ।
