तमोरमा पौडी खेल्न पसेका पुरुष बेपत्ता

वैशाख १४, २०८२

आनन्द गौतम

Man goes swimming in Tamor missing

ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीका ५६ वर्षीय जीतबहादुर बल तामाङ तमोर खोलाले बगाएर बेपत्ता भएका छन् ।

शनिबार बेलुका बेपत्ता उनको खोजीका लागि स्थानीय र प्रहरी टोली राति अबेरसम्म परिचालित भएको थियो ।

आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष टिकेन्द्र सेन्दाङका अनुसार खोला छेउमा काम गर्दै गरेको एक्स्काभेटर हेर्न मामा–भाञ्जा गएका थिए । त्यही क्रममा बेपत्ता भएको खबर उनीसँगै गएका उनका भान्जाले गाउँमा गरेको सेन्दाङले बताए । प्रहरीले त्यही क्रममा पौडी खेल्न खोलामा पस्दा बेपत्ता भएको जनाएको छ । 

उनको खोजीका लागि वडाध्यक्षले स्थानीय र प्रहरीले इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी नायब निरीक्षक दावा थिङको नेतृत्वमा टोली परिचालन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।  

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully