ताप्लेजुङमा हावाहुरीले घरका छाना उडायो, विद्युत् अवरुद्ध

वैशाख १४, २०८२

आनन्द गौतम

In Taplejung, the wind blew the roofs of the houses, electricity was cut off

ताप्लेजुङ — आइतबार दिउँसोदेखि चलेको हावाहुरीले ताप्लेजुङमा घरका छाना उडाएको छ भने विद्युत् सेवा अवरुद्ध भएको छ । रुख लडेर बिजुलीको तारमा लागेका कारण विद्युत् अवरुद्ध भएको हो । 

हावाहुरीले फुङलिङ नगरपालिका-१० फुरुम्बुका मानबहादुर लिम्बूको घरको छाना उडाएको वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिए । वार्ड नं ८ दोखुमा जसबहादुर विश्वकर्माको मतानको छानो उडाएको वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिए । 

सदरमुकाम फुङलिङमा खुला पसल गर्ने र छाप्रो राखेकाहरु समेत प्रभावित भएका छन् । हावाहुरी चल्ने क्रम साँझसम्म नै रहेको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully