संखुवासभा — संखुवासभा धर्मदेवी नगरपालिका-४ तिरतिरेका रामबहादुर अधिकारीलगायत ३ जना लागूऔषध अफिमसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार रामबहादुरले घरमा लागूऔषध कारोबार गरेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरले उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।
प्रहरी टोलीले धर्मदेवी-४ केशव घिमिरे र मादी नगरपालिका-६ का देबेन्द्र थापा समेतलाई जाँच गर्ने क्रममा अफिमसहित पक्राउ गरेको जनाएको छ ।
