भ्यानको ठक्करबाट धनकुटामा बालक घाइते

वैशाख ६, २०८२

रमेशचन्द्र अधिकारी

A child injured in a van collision in Dhankuta

धनकुटा — धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ जोरपाटीमा भ्यानको ठक्करबाट एक बालक सख्त घाइते भएका छन् ।

सिधुवाबाट हिलेतर्फ जाँदै गरेको ना २ च ४८५ नम्बरको मातृभाग्य एग्रोभेटको भ्यानले स्थानीय बन्दना मगरका ४ वर्षीय छोरा रियोलाई शुक्रबार राति ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बालकको टाउको र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।

घाइते बालकको विराट अस्पताल विराटनगरमा उपचार भइरहेको जनाइएको छ । बालकलाई ठक्कर दिए लगत्तै फरार रहेका चालक छथर जोरपाटी–६ का रवीन्द्रराज घिमिरे र भ्यानलाई प्रहरीले राति १०ः ५० बजे नियन्त्रणमा लिएको छ । 

चालक घिमिरेलाई हिले बजार नजिक जौटारमा लुकेर रहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully