खोटाङमा चट्याङ लागेर पुरुषको मृत्यु

वैशाख ४, २०८२

डम्बरसिं राई

A man died due to lightning in Khotang

खोटाङ — चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ नास्तुमका ५५ वर्षीय गंगाप्रसाद ढकालको बिहीबार दिउँसो मृत्यु भएको हो ।

घर नजिकै बीउबारीमा काम गरिरहेको बेला दिउँसो १ बजेतिर चट्याङ पर्दा ढकालको मृत्यु भएको वडाध्यक्ष लिला चौहानले बताए ।

घटनास्थलमा प्रहरी पुगेपछि विस्तृत जानकारी आउने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले बताएका छन् । 

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully