चट्याङ लागेर दुई जना घाइते

वैशाख २, २०८२

रासस

Two injured by lightning

ओखलढुंगा — चम्पादेवी गाउँपालिका–९ डल्लीडाँडामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । आज चट्याङको झिल्को लागेर हरि तामाङको होटलमा खाजा खाँदै गरेका दुई जना घाइते भएका हुन् । 

चम्पादेवी–८ विलन्दुका ३१ वर्षीय चुत्रबहादुर दर्जी र त्यहाँकै पुरानो गाउँ बस्ने गणेश लाखेकी छोरी १६ वर्षीया सविना लाखे घाइते भएकी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । घाइतेको तत्काल उद्धार गरी नजिकैको स्वास्थचौकीमा उपचारका लागि पठाइएको छ ।

चम्पादेवी गाउँपालिकाको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेको स्थान नजिकै परेको चट्याङको झिल्काले अन्य केही स्थानीय तथा खेलाडीलाई समेत चोट लागेको छ ।

रासस

Link copied successfully