लिम्चुङबुङका कर्मचारीले सातामा दुई दिन जातीय वेशभूषा लगाउनुपर्ने

वैशाख २, २०८२

रासस

Limchungbung staff must wear ethnic costumes two days a week

उदयपुर — लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले अब सातामा अनिवार्य दुई दिन कार्यालय समयमा जातीय वेशभूषा लगाउनुपर्ने भएको छ । 

गत चैत १ गतेको कार्यपालिका बैठकले निर्णय गरेको र वैशाख १ देखि लागू गरिएको पालिकाका उपाध्यक्ष पुष्पलाल राईले जानकारी दिए । अबदेखि आइतबार र सोमबार जातीय वेशभूषामा कार्यालय समयमा कर्मचारीहरू उपस्थित हुनुपर्नेछ । पालिकाभित्र बसोबास गर्ने जातजातिको संस्कृति संस्कारको संरक्षण गर्न र पालिकालाई पर्यटन प्रवर्द्धन गर्न यस्तो निर्णय गरिएको राईले बताए ।

गाउँपालिकाभित्रका जाति, वेशभूषा, भाषा, संस्कृतिको संरक्षण गर्ने कार्यपालिकाको दायित्व भएकाले यस्तो नीति लागू गरिएको अध्यक्ष मेजरकुमार राईको भनाइ छ ।

रासस

Link copied successfully