महिलाको शव फेला, पहिचान खुल्न सकेन

चैत्र ३१, २०८१

रमेशचन्द्र अधिकारी

The woman's body was found, her identity could not be revealed

धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिकामा महिलाको शव फेला परेको छ । साँगुरीगढी-१० स्थित घुम्ती खोलामा एक महिलाकाे शव फेला परेको हो ।

शवकाे पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । तराई मुलकी जस्तो देखिने मृतक महिलाको उमेर ४०/ ४५ वर्ष हुन सक्ने प्रहरीले जनाएको छ ।

मृतकको पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully