संखुवासभामा लेक लागेर डाक्टरको मृत्यु

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

Doctor dies due to lake in Sankhuwasabha

संखुवासभा — लेक लागेर संखुवासभाको मकालु गाउँपालिका–२ डाँडाखर्कमा एक जना डाक्टरको मृत्यु भएको छ ।

जिल्ला प्रहरीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार शनिबार बिहान तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय डा. आशिष सिग्देलको मृत्यु भएको हो । मकालु बेस क्याम जाने क्रममा ४२ सय मिटरमा उनलाई लेक लागेको अनुमान गरिएको छ ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको छ ।

दुर्गम र भौगोलिक अवस्थाका कारण उनको शव आइतबार मात्रै खाँदबारी ल्याइसक्ने प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully