धनकुटामा घरको पेटीबाट लडेर घाइते भएकी महिलाको मृत्युु

चैत्र २८, २०८१

रमेशचन्द्र अधिकारी

In Dhankuta, a woman died of injuries after falling from a house box

काठमाडौँ — धनकुटाको सहिदभूमि गाउँपालिका-७ पाखा टोलमा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्युु हुनेमा स्थानीय भक्तबहादुर राईकी ५० वर्षीया श्रीमती कल्पना राई रहेकाे प्रहरीले जनाएको छ ।

गत शुक्रबार घरको पेटीबाट चिप्लिएर ५० मिटर तल खसेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियाे । उनलाई थप उपचारको लागि चिकित्सकले विराटनगरस्थित विराट नर्सिङ हाेम रिफर गरेकाेमा उपचारकै क्रममा उनको बुधबार साँझ मृत्यु भएकाे प्रहरीले बताएको छ ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully