उदयपुर — पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित खरङ्गा भन्ने ठाउँमा बसले ठक्कर दिँदा उदयपुरका एक पुरुषको मृत्यु भएको छ।
सोमबार बिहान काठमाडौँबाट उपचार गरेर घर फर्किँदै गरेका त्रियुगा नगरपालिका–२ मोथियाहीका ५८ वर्षीय जितबहादुर प्रधानलाई विपरीत दिशाबाट आइरहेको ना ८ ख १८०९ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
बागमती प्र ०१–००६ ख ६७१६ नम्बरको बसमा घर फर्किएका प्रधानलाई शौचालय गर्न बाटो काट्ने क्रममा विपरीत दिशाबाट आएको बसले ठक्कर दिएको र घटनास्थलमै मृत्यु भएको मकवानपुरका डीएसपी श्यामु आर्यालले जानकारी दिए।
दुर्घटनामा परी टाउको, छाती र दाहिने खुट्टामा गम्भीर चोट लागेका उनलाई तत्काल ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी नायब निरीक्षक अर्जुनप्रसाद देवकोटा नेतृत्वको प्रहरी टोलीले हेटौंडा अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको मृतकको आफन्तले जनाएका छन् ।
मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । ठक्कर दिने बसका चालक मोहन थापालाई नियन्त्रणलाई लिएर अनुसन्धान सुरु भएको बताइएको छ ।
