धनकुटामा आगलागीबाट घरमा क्षति

चैत्र १९, २०८१

रमेशचन्द्र अधिकारी

House damaged by fire in Dhankuta

धनकुटा — महालक्ष्मी नगरपालिका–२ मुलखर्कमा मंगलबार बिहान एक घरमा आगलागी भएको छ । स्थानीय नन्दकुमार थापाको घरमा आगलागीबाट क्षति भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ८ बजे विद्युत् सट भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।

आगलागीबाट ढुंगा, माटोले बनेको टिनको छानो भएको दुई तले घरमा आंशिक रुपमा जलेको थियो । घरमा भएको अन्नपात, लत्ताकपडा, काठपात समेत नष्ट हुँदा करिब एक लाख पचास हजार बराबरको क्षति भएको जनाइएको छ । प्रहरी र स्थानीयको पहलमा आगो एक घण्टापछि नियन्त्रणमा लिइएको छ ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully