धनकुटा — धनकुटाको चौबिसे गाउँपालिका-४ सुरुङ्गीमा आगलागीबाट घर र गोठमा नष्ट भएको छ । स्थानीय फुलमाया फागोको ढुंगा माटोले बनेको दुई तले घर र नजिकै रहेको गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
फूलमायाले मंगलबार अपराह्न दुई बजे पातपतिङ्गर जलाउने क्रममा नजिकै रहेको घरमा आगो सल्किएर क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । आगोलागीको कारण घरभित्र रहेका कपडा, भाँडावर्तनलगायत सम्पूर्ण वस्तु जलेर नष्ट भएको उनले बताए ।
घटनामा करिब चार लाख बढीको क्षति भएको जनाइएको छ । फलामेटार अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीयको पहलमा बेलुकी आगो निभाएको प्रहरीले जनाएको छ ।
