सुनसरीको हरिनगरमा आगलागी, २६ घरटहरा नष्ट

चैत्र १८, २०८१

अर्जुन सुवेदी

Fire in Sunsari's Harinagar, 26 houses destroyed

सुनसरी — सुनसरीको हरिनगर गाउँपालिका–५ स्थित वसन्तपुरमा आगलागी हुँदा ९ परिवारको २६ वटा घरटहरा जलेर नष्ट भएको छ ।

सोमबार दिउँसो ३ बजे सबिर मियााको भान्साकोठाबाट सल्केको आगोले २६ घरटहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

आगलागी थप फैलिन नदिन ३ वटा घरटहरा भत्काइएको थियो । सुनसरीको इनरुवा, हरिनगर, दुहबी र इटहरीबाट पुगेको दमकलको सहयोगमा आगलागी साढे १ घण्टामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि घरको लत्ताकपडा, नगद, गरगहना र खाद्यान्न पुर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट बिचल्लीमा परेका परिवारलाई हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले तत्कालका लागि चाहिने आधारभूत राहत उपलब्ध गराएको स्थानीय सञ्चारकर्मी नसिम अन्सारीले जानकारी दिए ।

अर्जुन

Link copied successfully