पानीको ट्यांकीमा डुबेर छ वर्षीया बालिकाको मृत्यु

चैत्र १६, २०८१

आनन्द गौतम

A six-year-old girl died after drowning in a water tank

ताप्लेजुङ — सिरिजंगा गाउँपालिका–४, खेसेवा निवासी ६ वर्षीया बालिका इतुङना मावोको पानीको ट्यांकीमा डुबेर मृत्यु भएको छ।

ताराहाङ मावोकी छोरी सिमेन्टले प्लास्टर गरिएको पानीको ट्यांकीमा डुबिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिए।

बेहोस अवस्थामा भेटिएकी उनलाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो। प्रहरीले जनाएको अनुसार ट्यांकी घरदेखि ३० मिटरको दूरीमा रहेको थियो।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई शव जिम्मा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully