धनकुटा — चौबिसे गाउँपालिका-२ स्थित देउराली सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्किँदा दुई घर जलेर नष्ट भएका छन्। चौबिसे-४ को बाजथलाका रामबहादुर पाख्रीन र हिरेन्द्र निरौलाको घर जलेर नष्ट भएका प्रहरीले जनाएको छ।
आगलागीबाट पाख्रीनको घरमा रहेको अन्न, लत्ताकपडा, काठपात र फर्निचर गरी ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
यसैगरी, हरेन्द्रको २ तले कच्ची घर र गोठ जल्दा एकलाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो बिहीबार बिहानमात्रै नियन्त्रणमा आएको छ । उता, साँगुरीगढी गाउँपालिकाको तारेभीरमा बुधबार लागेको आगो डाँडाबजार इलाका प्रहरी चौकी र धरान उपमहानगर पालिकाबाट आएको दमकलको मद्दतमा नियन्त्रणमा लिइएको छ।
