खार्पामा प्रहरी चौकीको भवन उद्घाटन

चैत्र १०, २०८१

डम्बरसिं राई

Inauguration of police station building at Kharpa

खोटाङ — रावाबेंसी गाउँपालिका–२ खार्पामा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । उक्त नवनिर्मित भवनको उद्घाटन कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले आइतबार गरेका हुन् ।

२ करोड ९५ लाख ३२ हजार लागतमा उक्त भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताएका छन् । खार्पा गाविसको पुरानो भवनमा २०६९ सालमा प्रहरी चौकी स्थापना गरिएको थियो । 

नवनिर्मित साढे दुई तले भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्षहरुसहित एटेज शौचालय सुविधा सहितको महिला तथा पुरुष हिरासत कक्ष, एटेज शौचालय सहितको महिला र पुरुष ब्यारेक, कार्यालय प्रमुख आवाश, मरोजञ्जन हल लगायतका ११ वटा कोठाहरू छन् ।

कार्यक्रममा रावाबेंसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला गुरुङ, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, जिल्लाका सबै सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully