चट्याङ लागेर महिलाको मृत्यु

चैत्र ९, २०८१

डम्बरसिं राई

Woman dies due to lightning

खोटाङ — चट्याङ लागेर एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । 

केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी ४५ वर्षीया दिलकुमारी राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार शनिबार बिहान करिब साडे ४ बजेतिर पानी परेपछि आँगनमा सामान उठाउने क्रममा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully