सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे

चैत्र ९, २०८१

रासस

40 sheep died due to lightning in Siddanekhark

किमाथाङ्का — यहाँको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् । शुक्रबार राति मकालु–३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

गोठमा रहेका दुई सय ५० भेडा रहेका थिए । 

इलाका प्रहरी कार्यालय हेदाङनामार्फत घटनाको थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।  

रासस

Link copied successfully