विराटनगरमा ढाका महोत्सव

चैत्र ८, २०८१

कान्तिपुर संवाददाता

Dhaka Festival in Biratnagar

विराटनगर — विराटनगरमा बिहीबारदेखि तीन दिने ढाका कपडा महोत्सव सुरु भएको छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक समारोहबीच महोत्सवक उद्घाटन गरेका छन् ।

उद्घाटनपछि मुख्यमन्त्री कार्कीले नेपाली उत्पादन ढाकाको प्रवर्द्धनका लागि सरकारले लगानी गर्नुपर्ने बताएका थिए । मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कोशी प्रदेशको ढाका उद्योगलाई थप प्रवर्द्धन हुने गरी बजेट विनियोजन गर्ने आश्वासन दिए । उनले त्यसका लागि ढाका उद्योगहरूले सामना गरिरहेका समस्याबारे राय र सुझाव समेत मागेका थिए । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको महिला उद्यम समितिको आयोजनामा सुरु भएको महोत्सवमा कोशी प्रदेशका ३० वटा वढी ढाका उद्योगहरूले स्टल राखेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतले ढाका महोत्सवलाई प्रत्येक वर्ष निरन्तरता दिने योजना बनाएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको महिला उद्यम समितिका सभापति सरु केसीले कोशी प्रदेशका महिला उद्यमीलाई नेपाल र अन्तर्राष्ट्रिय स्तरमा बजार उपलब्ध गराउने र ढाका उद्योगको सशक्तिकरण गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको जनाइन् । 

कान्तिपुर

Link copied successfully