आगलागीबाट ताप्लेजुङमा एकको मृत्यु

चैत्र ६, २०८१

आनन्द गौतम

One died in Taplejung due to fire

ताप्लेजुङ — आफ्नै बारीमा झ्यास जलाउने क्रममा आगोले पोलेर आठराईत्रिबेणी गाउँपालिका-१ निगुरादिनमा ७५ वर्षीय वृद्धको मृत्यु भएको छ । बुधबार दिउँसो सुरेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार घरआँट डेढसय मिटर दूरीमा रहेको बारीमा झ्यास जलाउने क्रममा आगो ठूलो बलेको र भाग्नेक्रममा बारीको डिलबाट सात/आठ मिटर तल लडेर मृत्यु भएको हो । उनको खुट्टाहरु आगोले भेट्टाएर पोलेको छ । 

घटनास्थलमा प्रहरी चौकी निगुरादिन र इलाका प्रहरी कार्यालय दोभानको टोली परिचालन गरिएको र पोस्टमार्टमपछि परिवारलाई शव जिम्मा लगाउने रावलले बताएका छन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully