खोटाङ — बाक्सिलामा बुधबार सम्पन्न निःशुल्क आँखा शिविरमा ३ सय ९२ जनाले उपचार पाएका छन् । नेत्रज्योति संघ खोटाङ र केपिलासगढी गाउँपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा चैत ४, ५ र ६ गते भएको शिविरमा शल्यक्रिया, आँखा जााच, औषधि उपचार, चस्मा वितरण गरिएको हो ।
नेत्रज्योति संघ खोटाङका सभापति इन्द्र कसजूका अनुसार ४७ जनाको शल्यक्रिया, ३ सय १० जनालाई निःशुल्क औषधि वितरण, ३४ जना जेष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको छ ।
शिविरमा सगरमाथा चौधरी आँखा अस्पतालका मुख्य शल्यचिकित्सक दिवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख नेत्र अधिकृत हरिहर श्रेष्ठसहित १५ जनाको टोलीले उपचार गरेको कसजूले बताएका छन् ।
दिक्तेलमा चैत ९, १० र ११ गते र हलेसी तुवाचुङ नगरपालिकामा चैत १४, १५ र १६ गते शिविर सञ्चालन हुने कसजूले जानकारी दिए । खोटेहाङमा पनि दोस्रो चरणमा निःशुल्क आँखा शिविर सञ्चालन गरिने कसजूको भनाइ छ ।
