ताप्लेजुङ सदरमुकाममा भेटिएको चरिबाघ उपचार नपाइ मर्‍यो

चैत्र ४, २०८१

आनन्द गौतम

A tiger found in Taplejung headquarter died without treatment

ताप्लेजुङ — सदरमुकाम फुङलिङको हुलाक लाइनमा भेटिएको चरिबाघ मरेको छ । आइतबार बेलुका कुकुरले लखेट्दै ल्याएको चरिबाघ स्थानीय ठाकुरसिंह कालीकोटेको घरमा पसेको थियो ।

कुकुरबाट चरीबाघको उद्धार गरेका ठाकुरसिंहले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार डिभिजन वन कार्यालय र पशु सेवा कार्यालयलाई उपचार र उद्धारका लागि खबर गरिएको थियो । 

डिभिजन वन कार्यालयका अधिकृत परमेश्वर पासवानका अनुसार उपचारको पहुँचमा नपुर्‍याइ बाघको मृत्यु भएको हो । स्थानीय र सञ्चारकर्मीको रोहवरमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी अन्त्येष्टि गरिएको पासवानले बताए । 

करिब तीन किलो तौलको तीन/चार वर्षको अनुमान गरिएको पोथी चरीबाघको शरीरमा धेरै चोट थियो ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully