जोगीको नेतृत्वमा पाथीभरा क्याम्पसमा सर्वसम्मत स्ववियु समिति चयन

फाल्गुन २७, २०८१

आनन्द गौतम

Under the leadership of Jogi, the unanimous selection of the Self-Assessment Committee at Pathibhara Campus

ताप्लेजुङ — नेपाल विद्यार्थी संघका सभापति तिलकुमार जोगीको नेतृत्वमा पाथीभरा बहुमुखी क्याम्पसले सर्वसम्मत स्वतन्त्र विद्यार्थी युनियन चयन गरेको छ । तीन पदाधिकारीसहितको ८ सदस्यका लागि मंगलबार एकएक जनाको मात्रै मनोनयन दर्ता भएपछि सर्वसम्मति भएको क्याम्पस निर्वाचन समितिले जनाएको छ । 

युनियनको  सचिवमा अनेरास्ववियुका लक्ष्मण पौडेल र कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी निकीता लिम्बूको मनोनयन दर्ता भएको हो । पाँच सदस्यका लागि नेविसंघका सौगात विष्ट, अखिल क्रान्तिकारीकी शान्तिला गुरुङ र सुजन लिम्बू तथा अनेरास्ववियुका सनुजा गौतम र विनु तामाङको मनोनयन पत्र दर्ता भएको निर्वाचन समिति संयोजक युवराज बस्नेतले जानकारी दिए ।  

अब सात जना सदस्य समानुपातिबाट चयन हुनेछन् । समानुपातिकका लागि विद्यार्थी संगठनले बन्द सूची बुझाएको र निर्वाचन तालिकाअनुसार सात दिनभित्रमा खोलिने बस्नेतले वताए । ‘दाबी विरोध लगायतका निर्वाचनका बाँकी कार्यक्रम छन्, त्यहीअनुसारको प्रक्रिया अगाडि बढ्छ,’ बस्नेतले भने, ‘अब चैत ५ गते निर्वाचन गर्नुपरेन ।’ 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully