बहिरा संघ पाँचथरको अध्यक्षमा आचार्य

फाल्गुन २६, २०८१

लक्ष्मी गौतम

Acharya as president of Bahira Sangha Panchthar

पाँचथर — पाँचथर बहिरा संघको अध्यक्षमा टिकाराम आचार्य चयन भएका छन्। फिदिममा भएको एक भेलाले आचार्यको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा मनिषा राई, सचिवमा ममता आङदेम्बे, सहसचिवमा दिना राई, कोषाध्यक्षमा विशाल तामाङ, सदस्य मनुभक्त राई, अशोक नेम्वाङ चयन भएका छन्। 

संघले ३ महिनाभित्र विधान बनाउने सहितका काम सकेर जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषद्‌मा दर्तासँगै बहिरा महासंघमा आवद्वतापछि जिल्ला अधिवेशन गर्ने कार्यभार तदर्थ समितिलाई दिएको छ।

महासंघले आयोजना गरेको ४ महिने नेपाली साङ्केतिक भाषाको आधारभूत तालिम पनि समापन गरिएको छ ।समापन कार्यक्रममा बोल्दै फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले तालिमले बहिराहरूमा संचारमा पहुँच पुर्‍याउन मद्दत पुगेको बताए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully