करेन्ट लागेर एक जनाको मृत्यु 

फाल्गुन २५, २०८१

रमेशचन्द्र अधिकारी

One person died due to electrocution

धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका-१ देउरालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय सोवितमान खड्का रहेको प्रहरीले जनाएको छ ।

बिजुलीको पोल अड्याउने जमिनमा गाडिएको तारमा करेन्ट लिक भएर उनको शनिबार बेलुकी मृत्यु भएको जनाइएको छ । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । 

दुवै हात, अनुहार आंशिक रुपमा तथा शरीरमा लगाएको कपडासमेत जलेको अवस्थामा लास फेला परेको उनले जानकारी दिए । प्रहरीले आइतबार घटनास्थलमा पुगी मुचुल्का गरेर लास परिवारलाई जिम्मा लगाएको थियो । शवको जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully