काठमाडौँ — आगलागीका क्रममा जलेर घाइते भएका झापाका एक व्यक्तिको उपचारका क्रममा आइतबार मृत्यु भएको छ । मेचीगर नगरपालिका वडा नं. ४ आमडाँगी निवासी ५१ वर्षीय वीरेन्द्रराज राईको उपचारका क्रममा विराट नर्सिङ होम विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत फागुन ९ गते राति ९:१० बजे उनको घरको पूजा कोठामा विद्युत सर्ट भई आगलागी भएको थियो। आगो निभाउने क्रममा राईको दुवै हात, खुट्टा र अनुहारमा गम्भीर रूपमा आगोले पोलेको थियो।
घटनापछि उनलाई प्रारम्भिक उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा लगिएको थियो। पछि थप उपचारका लागि विराट नसिङ होम भर्ना गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
