ताप्लेजुङमा पुरुष मृत फेला

फाल्गुन २१, २०८१

कान्तिपुर संवाददाता

Man found dead in Taplejung

ताप्लेजुङ — जिल्लाको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा एक पुरुष मृत फेला परेका छन् । स्थानीय ४० वर्षीय दिपेश केदेमलाई सडकमा मृत अवस्थामा फेला पारिएको वडाध्यक्ष तेजकुमार चोङबाङले बताए ।

चोङबाङका अनुसार सान्थाक्राको आमचोक सडकखण्डमा मृतक भेटिएको हो । मृत अवस्थामा भेटिएका उनको घटनास्थलको प्रकृति हेर्दा गाडीले किचेको अनुमान स्थानीयले गरेका छन् ।


मंगलबार राति घटना भएको हुनसक्ने अनुमान वडाध्यक्षको छ । मृतकको टाउको र पेट भाग चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

कान्तिपुर

Link copied successfully