थेचम्बुमा आगलागीबाट घर जल्यो, पालिकाले ६० हजार दिने

फाल्गुन १८, २०८१

आनन्द गौतम

In Thechambu, a house was burnt by fire, the municipality will give 60,000

ताप्लेजुङ — पाथीभरा याङवरक गाउँपालिका-२ थेचम्बुका युवराज तामाङको घरमा आगलागी भएको छ । आगलागीबाट तीनतले घरमा रहेका सम्पूर्ण सरसामान, अन्न, लत्ताकपडा जलेको तामाङले बताए ।

शनिबार दिउँसो घरका मान्छे बारीमा काम गर्दै गर्दा घरमा आगो सल्किएको थियो । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने तामाङको भनाइ छ ।

गाउँपालिकाले घर पुननिर्माणका लागि ६० हजार नगद दिने भएको छ । पाल, ओड्ने ओछ्याउने सहितका प्रारम्भिक राहत सामग्री उपलब्ध गराउदै गाउँपालिका अध्यक्ष केशर मेन्याङबोले तत्काल घर बनाए पालिकाले जस्तापाता पुग्नेसम्मको रकम उपलब्ध गराउने बताएका छन् । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully