सोलुखुम्बुको लिखुपिकेमा आगलागी, पालिकाका २ शाखा जले

फाल्गुन १८, २०८१

भानुभक्त निरौला

Fire in Likhupike, Solukhumbu, burnt 2 branches of the municipality

सोलुखुम्बु — सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका २ वटा शाखा कार्यालयहरु जलेका छन् । आइतबार दिउँसो १ बजेतिर गाउँपालिकाको प्रधानमन्त्री रोजगार शाखा, पूर्वाधार शाखा रहेको निजी घरमा आगलागी भएको हो । स्थानीय रुद्रबहादुर खत्रीको ढुगां, माटो र टिनको छानो भएको २ तले घरको माथिल्लो तलामा आगो लागेको हो । विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान प्रहरीको छ ।

हावाहुरीले पोल ढलेकाले दुई–तीन दिनदेखि बिजुली नभएको र आजै बिजुली आउनासाथ आगो लागेर कार्यालय जलेको गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले बताइन् ।

स्थानीय, जनप्रतिनिधि र प्रहरीको सक्रियतामा अहिले आगो नियन्त्रणमा लिइसकिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक (डीएसपी) द्धारिकाप्रसाद घिमिरेले क्षतिको थप विवरण संकलन भइरहेको बताए ।

Fire in Likhupike, Solukhumbu, burnt 2 branches of the municipality

भानुभक्त

Link copied successfully